site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीईभीटीले रद्द गर्‍यो मेडिकलका तीन विषयमा शुल्क वृद्धिको निर्णय

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तीनवटा विषयमा शुल्क वृद्धिको निर्णय रद्द गरेको छ । सीटीईभीटी परिषद् कार्यालयको बिहीबारको बैठकले शुल्क वृद्धिको निर्णय रद्द गरेको हो । 

यसअघि सरोकारवालहरूसँगको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने ‍भन्दै शुल्क वृद्धिको निर्णय स्थगित गरिएको थियो । 

सीटीईभीटीले शैक्षिक २०८०/०८१ मा निजी कलेजका लागि प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट)को शैक्षिक शुल्क बढाएको थियो । 

असार २९ गते पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसीतर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क तालिका सीटीईभीटीले सार्वजनिक गरेको थियो । 

मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका अधारमा निर्णय गरिएको सीटीइभीटीको दाबी थियो । तर, सरोकारवालाहरूसँगको पर्याप्त छलफल र ठोस कानुनी आधारबिना शुल्क बढाइएको भन्दै चौतर्फी विरोध भएपछि सीटीईभीटी शुल्क वृद्धिको निर्णयबाट पछि हटेको हो । 

CTVet1692338750.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro