site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, एक घण्टाको ९५ रुपैयाँ पाउने

काठमाडौं । सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । 

जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । 

अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् ।

चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ  पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । 

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro