site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं  । काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

महानगरपालिकाको वडा नं १४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित सातजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४५ हजार ४०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro