site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्पेनको टेनेरिफ टापुमा ८०० हेक्टर जमिनमा डढेलो

काठमाडौं । स्पेनको टेनेरिफ टापुमा ८०० हेक्टर क्षेत्रफल जमिनमा डढेलो लागेको छ । आगोका कारण बुधबार सडक सञ्जाल समेत बन्द गरिएको थियो ।

बीबीसीका अनुसार आगोका कारण बुधबार बिहान खाली गरिएका क्षेत्रहरूमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटासलगायत छन् ।

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलबारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताए । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना सहरहरूबीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।

क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अरू नगरपालिकामा फैलिन सक्ने भन्दै सतर्क रहन चेतावनी दिएका छन् ।

अहिले करिब १५० दमकल, १३ विमान र हेलिकोप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (यूएमई) परिचालन गरिएको छ । ५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro