site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माइतीघरमा अनशनरत व्यक्तिहरूको मानव अधिकार रक्षा गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि माइतीघर मण्डलामा अनशनमा रहेका व्यक्तिहरूको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

धनुषाकी आरती साहको मृत्यु घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग राखेर दुई महिनादेखि मृतक साहका आफन्तहरू अनशनमा छन् । त्यसैगरी वैवाहिक बलात्कारको आरोपका दोषीलाई कारबाहीको माग गर्दै आरती रावल पनि अनशनमा छिन् । 

आयोगले बर्खाको समयमा निरन्तर अनशनमा बसेकाले उनीहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको देखिएको जनाएको छ । अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो छ ।

आयोगतले निरन्तर अनशनका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न दुवै पक्षलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro