site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आएको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वमा आठजनाको टोली काठमाडौं आएको हो ।

काठमाडौं पुगेलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । भेटका क्रममा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ ।

चिनियाँ सैनिक अधिकारीको टोलीको स्वगतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।

चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro