site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आठ ठाउँमा परीक्षण, संक्रमण दर ७२ प्रतिशत
फाइल तस्बिर

विराटनगर । धरानमा फैलिएको डेंगी संक्रमण परीक्षणका लागि सरकारले तोकेका सात स्थानमा प्रबन्ध गरिएको छ । एम निजी ल्याबमा समेत परीक्षण हुँदै आएको छ । पछिल्लो एक साताको तथ्यांकले धरानमा संक्रमण दर ७० प्रतिशतभन्दा माथि रहेको देखाएको छ ।

धरान उपमहानगरपालिका कार्यालयको स्वास्थ्य महाशाखाका अनुसार मंगलबार गरिएको कूल परीक्षणमध्ये ८६ प्रतिशतमा डेंगी पुष्टि भएको थियो । धरानमा विभिन्न परीक्षण केन्द्रमा कूल एक हजार ३२ जनामा डेंगी परीक्षण गरिएको थिो । ती मध्ये ८९० जनामा संक्रमण देखिएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । 

धरानमा पछिल्लो दुई महिनामा डेंगी संक्रमणको दर अत्याधिक बढेको छ । संक्रमणबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये ६ महिना र पाँच पुरुष हुन् । 

उपमहानगरभित्र धरान स्वास्थ्य केन्द्र, सभागृह, उद्योग वाणिज्य संघ, वडा नं १३, १४ र १५ स्थित आधारभूत स्वास्थ्य केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी ल्याबहरुमा डेंगी परीक्षणको प्रबन्ध गरिएको उपमहानगरले जनाएको छ । स्वास्थ्य महशाखाका प्रमुख मेहताले भने, “अब विस्तारै संक्रमण कम हुँदै जानेछ भन्ने हाम्रो अनुमान हो । तर, परीक्षण गर्दा संक्रमणको दरमा भने खासै कमी आएको देखिएको छैन् ।”
 
धरानमा हालसम्म १५ हजार ८१० जनामा डेंगी परीक्षण गर्दा ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ । यो दर ७२ प्रतिशत हो । पिउने पानीको  समस्या रहेको धरानमा भाँडामा पानी नछोपी राख्ने तर सावधानी नअपनाउँदा डेंगीको अत्याधिक संक्रमण हुने गरेको बताइएको छ । 
 
संक्रमण फैलिएको धरानमा प्रदेश सरकारको तर्फबाट समेत उचित स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले काम गरिरहेको कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बताएका छन् । उनले भने, “डेंगी संक्रमण न्यूनीकरण र लम्पीस्किनको लागि सरकारसँग स्वास्थ्य शीर्षकमा खर्च हुन नसकेको बजेट त्यसमा लगाउने सरकारको तयारी छ । संघीय सरकारसँग समेत थप बजेट माग भएको छ ।”
 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro