site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तकोसीका सबै ५६ ढोका खोलियो, पानीको बहाव साढे तीन दशकयताकै धेरै
फाइल तस्बिर

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव साढे तीन दशकमा सबैभन्दा धेरै पुगेपछि सबै ५६ वटा ढोका खोलिएको छ । पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको छ ।

ब्यारेजको पुलमा समेत जोखिम हुनसक्ने देखिएपछि प्रशासनले एकतर्फी रुपमा यातायातका साधन संचालन गराएको छ । अति धेरै भारवहन भएका सवारी साधन संचालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले दिएको जानकारीअनुसार सोमबार बिहान सप्तकोसीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले ७ बजे केही घटेर ४ लाख ५२ हजारमा झरेको छ । यो पानीको बहान साढे तीन दशकयताकै उच्च मापन भएको एसपी ढकालले बताए । 

उनले भने,“पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ ।” ढकालका अनुसार सप्तकोसीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रतिससेकेण्ड बगेको तथ्यांक छ । 

कोसी प्रदेशका पहाडी क्षेत्रमा पाँच दिनदेखि निरन्तर वर्षा जारी छ । यसैगरी तराई क्षेत्रमा समेत पानी परिरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro