site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशका नागरिकलाई काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

काठमाडौं । बंगलादेशबाट नेपाल बोलाएर बन्धक बनाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् ।

उनीहरूलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३८ वर्षीय सलिम मिया, ३७ वर्षीय एमडी मोसिउर रहमान र २१ वर्षीया जहन्जिर आलम छन् ।

त्यस्तै, नेपाली नागरिक इलामकी ३३ वर्षीया रोशनी राई  र सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया तारा नेपाली छन् ।

उनीहरूले बंगलादेशी नागरिककै योजनामा नेपाली युवती प्रयोग गरेर बंगलादेशीलाई काठमाडौं बोलाउने र बन्धक बनाएर फिरौती रकमसमेत मागेको खुलेको छ ।

पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि नेपालबाट अन्य देश पठाउने भन्दै बन्धक बनाएर रकम असुल गरेको खुलेको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।

उनीहरूले पीडित परिवारबाट १० लाख रुपैयाँ लिएको समेत खुलेको छ । उनीहरूले पीडितलाई विभिन्न होटेलमा लिएर बन्धन बनाएर राख्ने गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro