site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा २० जना समातिए
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र तनहुँमा गरी २० जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित इन्द्रायणी वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, तनहुँको आबुखैरेनी गाउँपालिका–३, पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३१० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।  

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro