site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सुर्खेतको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । सुनसरीमा शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थान भई बहने सेउती, खेसलियालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २७ गते, साँझ ४ः१० बजे । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उक्त स्थान भई बहने सेउती खोला, खेसलिया खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro