site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
असोज ३० देखि कार्तिक ३ सम्म गैरआवासीय नेपाली संघको ११औँ विश्व सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने संघले जनाएको छ ।

“महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदै छ,” विज्ञप्तिमा भनिएको छ ।

सम्मेलनको तयारीको लागि जुलाई १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा धेरै राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु  सम्पन्न भएका छन् ।

संघको स्मार्ट एनआरएनए एपमार्फत अगस्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न सम्पूर्ण पञ्जिकृत सदस्यहरुलाई आह्वान गरिएको छ ।

प्रतिनिधिहरुको अन्तिम नामावली अगस्ट ३१ तारिखमा प्रकाशन गरिनेछ । यसैकारण संघले सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन समेत भनेको छ ।

सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघले २० वर्ष पूरा गरेको छ । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरुको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरिएको छ । विश्वभरबाट ९६ हजार ८५० पञ्जिकृत सदस्य संघमा आबद्ध छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro