site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टेकुमा तामाङ समुदायको धर्नामा 'बल प्रयोग'बारे छानबिन गर्न समिति गठन
फाइल तस्बिर ।

काठमाडौं । अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले 'बल प्रयोग' गरेको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्तिमार्फत घटनाबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका हुन् ।

गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro