site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवन प्रशासनले भन्यो– सडक खुलाउन रास्वपाको सहयोग लिएको छैन, सरकार आफैँ सक्षम छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्‍यापिड एक्सन टिम (र्‍याट)ले अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खुलाउन कुनै सहयोग नगरेको बताएको छ ।

प्रशासनले आज एक सूचनामार्फत मुग्लिङ–नारायणगढ सडकखण्डको कालिखोलासहित कुनै पनि ठाउँमा सडम खुलाउन कसैको सहयोग नलिएको बताएको छ । 

मंगलबार कालिखोलामा लेदोसहित खसेको पहिरोलाई सुरक्षा निकाय र सडक विभागसहितको टोलीले पन्छाएको प्रशासनको भनाइ छ । प्रशासनले सडक सञ्चालनका लागि कुनै अमूक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति नदिइएको पनि बताए ।

बरु प्रशासनले रास्वपाका कार्यकर्ताले सञ्चारको साधन वाकीटकी प्रयोग गरेको देखिएकाले छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकिएको जनाएको छ । प्रशासनले विपद्का घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायसहित राज्यका अंगहरू सक्षम रहेको समेत बताएको छ ।

 

RSP1691574770.jpg

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro