site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँकेमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–६, धामीगाउँका २३ वर्षीय सुरेश रावल छन् ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा मंगलबार (हिजो) बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

ती किशोरीलाई घुम्न जाऊँ भनी ललाइफकाइ गएको बिहीबार नेपालगन्ज उपमहानगरपालिका–१, पुष्पलाल चोकस्थित होटेलमा लगी बलात्कार गरेको रावलमाथि आरोप छ ।

सो उजुरीपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro