site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरणमा 'नयाँ ट्विस्ट' ! कानुन व्यवसायीसँग परामर्श गर्दै सीआईबी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणले अन्तिम समयमा ट्विस्ट लिने संकेत देखिएको छ । ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

१२ असारदेखि आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले १७ दिन बाँकी हुँदा चारजना पूर्वभौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, सञ्जय साह र डम्बर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी लिएको छ ।

आइतबार पुर्जी लिएको सीआईबीले हालसम्म उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन । उसो त आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण हिनामिनाका निर्यणकर्तामाथिसमेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ ।

सो आदेशपछि ललिता निवासको जग्गा प्रकरणबारे मन्त्रिपरिषद्ले गरेको निर्यणमाथिसमेत सीआईबीले अनुसन्धान गर्ने देखिएको छ । हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको नाम जोडिएको छ ।

दुवैजनाले प्रहरीको अनुसन्धानमा सघाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । हाल नेपाल भने युरोप भ्रमणमा छन् । उनी १५ दिने भ्रमणमा गएका हुन् ।

सीआईबी स्रोतका अनुसार प्रकाउ पुर्जी जारी भएका मन्त्रीहरू नियन्त्रणमा लिने तयारी गरिएको छ । "हामी पक्राउ पुर्जी जारी भएका मन्त्रीहरूलाई सकेसम्म आफैँ आउनू भनेर बोलाउछौँ । उहाँहरूले सहयो गर्ने बताउनुभएको छ । यदि आउनुभएन भने पक्राउ गर्छौं," सीआईबी स्रोतले भन्यो ।

पूर्वप्रधानमन्त्रीको हकमासमेत के गर्ने भन्ने विषयमा सीआईबी आन्तरिक परामर्शमा जुटेको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूमाथि समेत बयान लिने वा कागज गराउने भन्ने विषयमा सरकारी वलिक कार्यालयदेखि कानुन व्यवसायीसँग प्रहरी परामर्शमा जुटेको छ ।

सोमबार मात्रै प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुवँरले महान्यायधिवक्ता दिनमणि पोखरेलसँग भेटेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro