site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पताल : बेड अभाव हुँदा एउटैमा तीनजनासम्मको उपचार 

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतलामा केही दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ ।

भर्ना हुनेमा अधिकांश रुघाखोकी, ज्वरो, निमोनिया र झाडापखालाका बिरामी रहेका अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले बताए । एउटै बेडमा दुईदेखि तीनजनासम्म बिरामी राखेर उपचार गराइरहनुपरेको उनको भनाइ छ ।

कान्तिमा गर्मीयाममा दैनिक ८०० देखि ९०० को हाराहारीमा ओपीडीमा र १५० देखि २०० बिरामी इमर्जेन्सीमा आउने गरेका छन् ।

डा. बसौलाका अनुसार साउन र भदौमा बिरामीको अत्यधिक चाप हुने गरेको छ । “अहिले ३३० बेडले पनि धान्न सकेको छैन । एउटा बेडमा दुई–तीनजना बिरामी छन् । अब्जरवेसन वार्डमा २४ घण्टामा तीन–चारजना बच्चा बसेकोसम्म राखिरहनुपरेको छ,” डा. बसौलले भने ।

२५ बेडको अब्जरवेसन वार्ड र २५ बेडको इमर्जेन्सीमा एउटा बेडमा खप्टेर बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

अस्पतालमा नर्सिङ जनशक्तिको अभाव हुँदा झनै समस्या थपिएको उनले बताए । एक नर्सले ६ देखि ८ बिरामीलाई सेवा दिनुपर्ने र कहिलेकाहीँ दुई नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको डा. बसौलाको भनाइ छ ।

हाल अस्पतालमा २०० नर्स कार्यरत छन् । बिरामीको चापअनुसारको सेवा दिन कम्तीमा ५०० को हाराहारीमा नर्सिङ जनशक्ति आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro