site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं । गएको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा हिमालयन बैंकको नाफा बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ३७.९६ प्रतिशतले बढेको हो ।

गएको आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उलेख्य मात्रामा बढेकाले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ । खुद फी तथा कमिसन आम्दानी ५.४४ प्रतिशतले बढेको छ ।

बैंकले गएको वर्ष नौ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फी तथा कमिसनबाट बैंकले ९६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकलाई उक्त अवधिमा पाँच अर्ब ४९ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ ।

गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो नाफा दुई अर्ब ५६ करोड ७७ लाख रुपैयाँ थियो ।

बैंकको निक्षेप ६३.४७ प्रतिशतले बढेको छ । कर्जा लगानी ५६.४२ प्रतिशतले बढेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ३० अर्ब १२ करो रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको खराब कर्जा ४.५७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो खराब कर्जा १.५९ प्रतिशत थियो ।

यो बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १९ पैसा छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro