site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिद्धार्थ बैंकको नाफा तीन अर्बभन्दा बढी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक वित्तीय विवरणानुसार बैंकले गएको आर्थिक वर्षको अन्त्यसम्ममा तीन अर्ब १९ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेको छ । खुद फी तथा कमिसनबाट प्राप्त आम्दानी १२.०३ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले आठ अर्ब १७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो अम्दानी ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ थियो ।

गएको वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ छ । यसानुसार बैंकको प्रतिसेयर वितरणयोग्य आम्दानी पाँच रुपैयाँ ६५ पैसा छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा एक अर्ब ३५ करोड ९८ लाख रुपैयाँ थियो ।

१४ अर्ब आठ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले असार मसान्तसम्म दुई खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ८४ अर्ब चार करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एक वर्षमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ । कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ ।

असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा छ । असार मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro