site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो श्रीमतीसँग छुट्टिए

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडो १८ वर्षको सम्बन्धपछि अलग भएका छन् । सन् २००५ मा क्यानडाको मोन्ट्रियल सहरमा विवाह गरेको यो जोडीका तीन सन्तान छन् ।

प्रधानमन्त्री ट्रुडोको कार्यालयबाट जारी एक विज्ञप्तिमा दम्पतीले छुट्टिने सम्झौतामा हस्ताक्षर गरे पनि उनीहरू अझै सार्वजनिक रूपमा देखापर्ने जनाएको छ ।

दम्पतीले आफ्ना छोराछोरी १५ वर्षीय जेभियर, १४ वर्षीय एला ग्रेस र नौ वर्षीय हेड्रिनको गोपनीयताका लागि अनुरोध गरेका छन् ।

पछिल्ला वर्षहरूमा उनीहरू एकसाथ सार्वजनिक रूपमा कम देखिएका थिए । गएको मेमा बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा भने सँगै सहभागी भएका थिए ।

ट्रुडोले सन् २०२२ पनि दुवैजनाको वैवाहिक सम्बन्ध जटिलताले भरिएको बताएका थिए ।

उनले सन् २०१४ मा आफ्नो आत्मकथामा पनि वैवाहिक जीवनमा कठिन उतारचढाव भोगेको उल्लेख गरेका थिए । तर पनि सोफी अर्थात् श्रीमती आफ्नो सबैभन्दा मिल्ने साथी, पार्टनर, प्रेम भएको भन्दै उनले दुवैजना एकार्काप्रति इमानदार रहेको लेखेका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro