site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानको बेरोजगारी दर जुनमा २.५ प्रतिशत कायम

टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत विन्दुले घटेर १.३० मा झरेको जनाएको छ ।

यो अनुपात कामको खोजीमा प्रति १०० मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ ।

जुन महिनामा कुल बेरोजगारको संख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको संख्या एक प्रतिशतले घटेर सात लाख १० हजार मा झरेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार कामबाट बर्खास्त हुनेको संख्या अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले घटेर चार लाख ७० हजारमा झरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro