site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा जीपको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको कनकाई नगरपालिका–४, त्रिवेणीचोकमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

हिजो बेलुका करिब साढे ८ बजे हाल नम्बर खुल्न नसकेको जीपले मे३प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार कनकाई–४ कै ३५ वर्षीय शम्भू लिम्बूको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जीपसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro