site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी र नातिनी पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टडिया बस्ने ७५ वर्षीया बकुलतीदेवी यादवको हत्या गरेको आरोपमा उनकै बुहारी र नातिनी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा माइली बुहारी ३५ वर्षीया इन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् ।

घरायसी विवादका कारण इन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro