site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीको प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार निर्माण व्यवसायीले सेफ्टी हेलमेट र ज्याकेट लगाएर प्रदर्शन गरेका हुन् ।

बिहान १० देखि ११ बजेसम्म निर्माण व्यवसायीले प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिए । निर्माणकार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे मागसहित केही दिनयता व्यवसायीले आन्दोलन गर्दै आएका छन् । आइतबार उनीहरूले सार्वजनिक खरिद अनुगमनको कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिइने बताए । लामो समयदेखि निर्माण व्यवसायीलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro