site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंकको स्मार्ट अडियो अलर्ट सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ । बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब उक्त डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको जनकारी प्राप्त हुने बैंकले जानकारी दिएको छ ।

बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ उक्त डिभाइसको सुरुवात गरेको जानकारी दिएको छ ।

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने जनाएको छ ।

नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा ल्याएको डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुने बैंकले जनाएको छ । क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर मर्चेन्ट र ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न सहयो पुग्ने बैंकको विश्वास छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro