site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन दिनमा थपिए ७८१ डेंगी संक्रमित, साढे पाँचहजार जनामा संक्रमण पुष्टि
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा तीन दिनमा ७८१ जना डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार २७ जुलाईदेखि देखि २९ सम्म ७८१ जना संक्रमित थपिएका हुन् ।

जनवरीयता नेपालमा पाँच हजार ४०० जनामा डेंगी पुष्टि भएको छ । जसमा तीनहजार ६२६ जना जुलाईमा मात्रै थपिएको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

पछिल्लो दुई महिनायता सुनसरीको धरान उपमहानगरपालिकामा मात्रै दुई हजार ३५३ जना संक्रमित भएका छन् । धरानमा आठजनाको डेंगीका कारण मृत्यु भएको उपमहानगरपालिकाको तथ्यांक छ ।

ईडीसीडीमा भने हालसम्म चारजनाको मात्रै मृत्यु भएको तथ्यांक छ । सुनसरी, धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एकसयभन्दा माथि छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro