site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि...

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुइँकिएको यात्रीवाहक बसका चालक निदाउँदा पाँचजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । दुर्घटनामा तीन महिला र दुई बालबालिकाले ज्यान गुमाएका हुन् ।

पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्किएको थियो ।

दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशंकामा स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro