site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा
फाइल तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यका साथ आफूले छिट्टै सटल बसको व्यवस्था गर्ने बताए । 

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिट बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए । 

मेयर महर्जनले चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro