site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२५ लाखभन्दा बढी ऋण लिन प्यान अनिवार्य

काठमाडौं । २५ लाख रुपैयाँभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशन अनुसार कुनै पनि व्यक्तिले २५ लाखभन्दा बढी ऋण लिनका लागि प्यान अनिवार्य चाहिने भएको हो ।

२५ लाखभन्दा बढी सामूहिक ऋण लिँदा पनि प्यान नम्बर अनिवार्यरुपमा चाहिनेछ । तर, २५ लाखभन्दा बढी ऋण लिएको समूहमा आवद्ध व्यक्तिले २५ लाखभन्दा कम ऋण लिन परेमा पनि प्यान नम्बर अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro