site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७० जिल्लामा फैलियो डेंगी, ४६ सय बढी संक्रमित

काठमाडौं । पछिल्लो समय बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलिएको छ । सन् २०२३ को सात महिनामा संक्रमितको संख्या ४६ सय नाघेको छ भने संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २६ सम्म संक्रमितको संख्या चार हजार ६१९ पुगेको छ ।

७० जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ९७१ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या सयभन्दा माथि छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १५३ जना संक्रमित भएका छन् ।

debgue1690453912.JPG

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro