site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीईभीटीले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने, भर्ना प्रक्रिया अघि बढाउँदै 

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने भएको छ । आयोगको परिपत्रमा भनेअनुसार प्रमाणपत्र तहका कार्यक्रमको भर्ना नरोक्ने सीटीईभीटीले सूचनामार्फत जनाएको छ । 

आयोगको पत्रको भ्रममा नपरी सीटीईभीटीले निर्धारण शैक्षिक सत्र २०८०/०८१ को भर्ना प्रक्रियामा सहभागी हुन सूचनामा भनिएको छ । 

ctevt1690355163.jpg

 

यसअघि आयोगले मापदण्ड नपुगेका कलेजहरूमा सिट निर्धारण नगर्न र भर्ना प्रक्रिया अघि नबढाउन सीटीईभीटीलाई निर्देशन दिएको थियो । चिकित्सा शिक्षा अध्ययन गराउने कलेजहरूको मापदण्ड र अपग्रेडिङको विषय आफ्नो क्षेत्राधिकारभित्र पर्ने आयोगको दाबी छ । 

सीटीईभीटीले भने भर्ना प्रक्रियाको सम्पूर्ण अधिकार परिषद् परीक्षा नियन्त्रण कार्यालयलाई नै हुने दाबी गरेको छ । सोही दाबीका आधारमा सीटीईभीटीले भर्ना प्रक्रिया अघि बढाउने जनाएको छ । 

चिकित्सा शिक्षा आयोगको निर्णय

ayog11690354713.jpg

Ayog1690354713.jpg

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro