site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न सीटीईभीटीलाई आयोगको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो ।

आयोगको निर्णयबिना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने कलेजहरूलाई सम्बन्धन दिने, सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउनेजस्ता कार्य नगर्न आयोगले सूचित गरेको छ ।

आयोगबाट सम्बन्धन नलिएका, अपग्रेड नगरेका तथा मापदण्ड पूरा नगरेका शैक्षिक संस्थाले भर्ना प्रक्रिया अघि बढाए कानुनबमोजिम कारबाही गरिने पनि आयोगको चेतावनी छ ।

मापदण्ड नपुगेका कलेजको उपाधि सम्बन्धित काउन्सिलमा दर्ता नहुने भएकाले त्यसप्रति सजग रहन विद्यार्थीलाई सूचनामार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro