site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयोगका उपाध्यक्ष र आईएमएफको मिसन टोलीबीच भेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसनचिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आईएमएफको नयाँ मिसन चिफको रूपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव, कार्यान्वयनको स्थिति, अल्प विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत छलफल भएको बताइएको छ ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए । जुलाई २० मा नेपाल आएको आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहनेछ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro