site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएमई पेबाट रेमिट्यान्स प्राप्त गर्दा स्मार्टफोन र ल्यापटप उपहार

काठमाडौं । ‘आइएमई पे’ ले 'रेमिट्यान्समा उपहारको बहार' नामक नयाँ अफर सार्वजनिक गरेको छ । यो आफर साउन १ देखि साउन मसान्तसम्म चल्ने कम्पनीले जनाएको छ ।

अफरमा विदेशबाट पठाइएको रेमिट्यान्स रकम आईएमई पे वालेटमा पाउनेमध्ये एकजनाले हरेक हप्ता स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै अफर ल्याएको आईएमई पेले जनाएको छ ।

अफरको अन्त्यमा एक जना ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेसमेत कम्पनीले जनाएको छ ।

अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आईएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने आईएमई पेले बताएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro