site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अझै भेटिएनन् सामाखुसीमा बेपत्ता भएका बालक
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । उनी आइतबार अपारह्न बेपत्ता भएका हुन् । 

प्रहरीलाई भने अपराह्न ५:२५ बजे जानकारी आएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी अंगुर जीसीले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बालकको यकिन विवरण थाहा हुन सकेको छैन । तर, भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन मगर पनि सम्पर्कमा नरहेकाले उनी हुन सक्ने आशंका गरिएको छ । 

डीएसपी जीसीले विपद्को टोलीबिना खोज्न सकिने अवस्था नरहेको पनि बताए । राति ९ बजेसम्म बेपत्ता बालक भेटिएका छैनन् ।

तर, खोजीकार्य जारी रहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro