site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोरीको आरोपमा दुईजना पक्राउ

काठमाडौं । रुपन्देहीमा चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–४, सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित गए राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही घरमा डेरा गरी बस्दै आएका भारतको बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिवम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी छन् ।

उनीहरूले सुर्जमतीको कोठाबाट सुन र चाँदीका गरगहना चोरी गरेर भाग्ने क्रममा घरधनीले थाहा पाएका थिए । त्यसपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरूलाई करिब दुई लाख ५० हजार रुपैयाँबराबरको गरगहनासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro