site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्दा महाकालीमा जलस्तर बढ्ने
फाइल तस्बिर

काठमाडौं । महाकाली नदीमा आज पानीको जलस्तर बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीले भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट सफा गरिने भएकाले बाँधको ढोका खोल्दा महाकालीमा जलस्तर बढ्ने बताएको छ । 

“एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०/०४/०६ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म र तत्पश्चात समेत महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्वसतर्कता अपनाउन अनुरोध छ,” जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
press realise1689985998.jpg

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro