site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा मेरो संलग्नता छैन, माफी नमागे कानुनी उपचारमा जान्छु : दीपक मल्होत्रा

काठमाडौं । त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको करिब १०० किलोग्राम सुनमा आफ्नो संलग्नता नरहेको व्यवसायी दीपक मल्होत्राले भनेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू संलग्न नभएको कार्यमा आफ्नो नाम जोडिएको भन्दै माफी माग्न र खण्डन प्रकाशन गर्न माग गरेका छन् ।

गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको टिप्पणी उनले गरेका छन् ।

“व्यक्तिलाई गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो,” उनले भने ।

यस विषयमा माफी नमागे कानुनी उपचारमा जाने चेतावनी दिँदै पत्रकार सम्मेलनमा व्यवसायी मलहोत्राले भने, “म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडियाले यस कार्यमा माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छु ।”

उनले आफूले अहिलेसम्म कुनै निकायबाट सम्पर्क नभएको र प्रहरी प्रशासनले पनि सम्पर्क नगरेको बताएका छन् । सरकारी निकायलाई कसले तस्करी गरेको भन्ने थाहा होला त्यसैले अरुलाई फोन नआएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी मल्होत्राले भने, “एक प्रतिशत पनि मेरो प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता भएको भए, यति ठूलो काण्डमा म यहाँहरू समक्ष बसेर यसरी बोल्न सक्ने मैले आँट गर्दैनथे होला । मानिसहरू ललितानिवास काण्डमा भागिरहेका छन्, सानोसानो केसमा बाहिर गइरहेको अवस्था छ ।” 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro