site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दोस्रो त्रैमासिकमा टेस्लाले गर्‍यो २५ अर्ब अमेरिकी डलर आम्दानी

काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले सन् २०२३ को दोस्रो त्रैमासिकमा २.७ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो २० प्रतिशत  बढी हो ।

टेस्लाले संयुक्त राज्य अमेरिका, मेक्सिको, युरोप र चीनमा आफ्ना चार ईभी मोडलको मूल्य घटाएको थियो । यसैले कम्पनीको बिक्री बढाउन मद्दत गरेको हो । 

टेस्लाले दोस्रो त्रैमासिकमा ४ लाख ६६ हजार १४० युनिट गाडी बिक्री गरेको छ । तर, टेस्लाको ग्रस मार्जिन भने गत सन् २०२२ को दोस्रो त्रैमासिकमा २५ प्रतिशतबाट घटेर १८.२ प्रतिशत पुगेको छ । अघिल्लो त्रैमासिकमा यो १९.३ प्रतिशत थियो ।

टेस्लालेको राजस्व वाल स्ट्रिटको अनुमानित २५ अर्ब अमेरिकी डलरसँग मेल खाएको छ । गत वर्ष यो १६.९ अर्ब अमेरिकी डलर थियो । कम्पनीले अधिकांश राजस्व अटोमोटिभ क्षेत्रबाट कमाएको छ । केही राजस्व सेवा र अन्य क्षेत्रबाट कम्पनीले कमाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro