site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हङकङबाट १६० वटा ब्रेकप्याड भित्र लुकाएर ल्याइएको थियो सुन

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको करिब एक क्विन्टल बराबर सुन हङकङबाट ल्याइएको खुलेको छ ।

क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो । हिजो (मंगलबार) भन्सार पास भएको स्रोतले जानकारी दिएको छ ।

रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ ।

“जुलाइ १५ तारिखमा आएको रहेछ,” स्रोतले भन्यो, “हिजो बाहिर निस्कियो । १६० वटा ब्रेकप्याड भित्र विशेष तरिकाले लुकाएर ल्याएको भन्ने छ । विशेष सूचनाका आधारमा आज बरामद गरिएको हो ।”

बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने स्रोतले जानकारी दियो ।

करिब एक क्विन्टल अनुमान गरिएको भए पनि ठ्याक्कै कति हो भन्ने बारेमा अहिले बताउन नसकिने राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro