site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आयोगले सरकारलाई भन्यो– विमानस्थलबाट फकाईएका कामदारलाई क्षतिपूर्ति देऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ । 

गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै क्षतिपूर्ति दिन आग्रह गरेको हो ।

"वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न, यस कार्यमा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि आयोग नेपाल सरकारसमक्ष आग्रह गर्दछ," आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले भने ।  

वैदेशिक रोजगारीमा जाने कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संस्थागत श्रम स्विकृति लिई कामका लागि कुवेत/जोर्डन जान लागेका कामदारलाई गत असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भनी फर्काएका थिए । 

वैदेशिक रोजगारीमा जाने कामदारहरुको अधिकारप्रति संवेदनशील हुन र वैदेशिक रोजगार व्यवस्थापन गर्दै आएका जिम्मेवार निकायहरूबीच प्रभावकारी समन्वय गर्न पनि आयोगले भनेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro