site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाले भन्यो– पुटिनलाई पक्राउ गरे 'युद्धको घोषणा' हुने छ

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने कुनै पनि प्रयास रुससँग 'युद्धको घोषणा' हुने बताएका छन् । आउँदो महिना रुसी राष्ट्रपति पुटिनले दक्षिण अफ्रिकाको भ्रमण गर्ने सम्भावना छ ।

त्यसअघि रामाफोसाले मंगलबार भनेका छन्,“रुसले आफ्ना वर्तमान राष्ट्रपतिलाई गिरफ्तार गर्नु युद्धको घोषणा हुने छ भनेर स्पष्ट गरिसकेको छ ।”

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनमा पुटिनलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

तर, पुटिनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले वारेन्टी जारी गरेको छ । आईसीसीको सदस्य भएकै कारण प्रिटोरिया (दक्षिण कोरियाको राजधानी)ले त्यसको कार्यान्वय गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण अफ्रिकाको प्रमुख प्रतिपक्षी दल प्रजातान्त्रिक गठबन्धन (डीए)ले पुटिनले देशमा पाइला टेके आईसीसीलाई सुम्पिने सुनिश्चित गर्न अदालतमा निवेदन दिएको छ ।

यसको प्रतिक्रियामा रामाफोसाले सो निवेदन  गैरजिम्मेवार र राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भनेका छन् ।

पुटिनको गिरफ्तारी कार्यान्वयन गर्दा राज्यको सुरक्षा, शान्ति र व्यवस्थालाई खतरा पर्ने उनको भनाइ छ ।

अल्जजिराबाट ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro