site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलबाट १,३३१ थान प्रतिबन्धित भारु ५०० का नोट र सुनसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० का ६३३ थान नोटसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज इन्डिगो एयरबाट काठमाडौंबाट भारत जाने क्रमममा त्रिभुवन विमानस्थलबाट भारतीय अरूण अम्बातकारलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भारतीय २००० दरका ९ थान नोट पनि बरामद गरेको छ । उनको साथमा सुनजस्तो देखिने धातुको ब्रासलेट, पथर जडित एउटा औँठीसहित चारवटा औँठी र एउटा सिक्री पनि बरामद गरेको छ । जुन करिब १२७.८५ ग्रामको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आजै नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० का ६९८ थान नोठ चारहजार अमेरिकी डलरसहित  बंगलादेशी नागरिक मोहम्मद यशुफ अलीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले एकैदिन दुवैजनाबाट गरी कुल १३ सय ३१ थान भारतीय पाँचसयका नोट बरामद गरेको हो ।

उनीहरूलाई दुवै जनालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro