site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जंगली च्याउ खाँदा एक महिलाको मृत्यु, तीनजनाको उपचार हुँदै
प्रतीकात्मक तस्बिर।

काठमाडौं । रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।

उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।

बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो । त्यसपछि उनीहरू पैसा व्यवस्था गरेर उपचार गराउन जाने भनी घर फर्किएका थिए ।

स्वास्थ्यमा पुनः जटिल समस्या देखिएपश्चात बिमला विक, रोशनी विक, दिलमाया विक र आकृति विकलाई ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल रुपन्देही लगिएको थियो ।

उपचारको क्रममा साउन १ गते रोशनीलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो । भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा रोशनीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

अन्य तीनजनामध्ये बिमला विकको आईसीयूमा र आकृति विक, दिलमाया विकको लुम्बिनी सिटी हस्पिटल बुटवलको इमर्जेन्सी वार्डमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro