site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब निगमले पेट्रोलमा साढे २ प्रतिशत मात्र नाफा लिने, ६ रुपैयाँले घट्यो मूल्य

काठमाडौं । नेपाल आयत निगमले पेट्रोलमा साढे २ प्रतिशत नाफा लिने भएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेसँग निगमले पेट्रोलमा साढे २ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने निर्णय गरेको हो । अब स्वचालित रूपमा मूल्य घटबढ हुने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य सचिव मधुकुमार मरासिनीले आजबाट पेट्रोल र डिजेलको मूल्य पनि घटाएको बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

नयाँ मूल्य आजै राति १२ बजेबाट लागु हुने छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुने छ । डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।

मूल्य समयोजनपछि भारतीय बजारभन्दा पेट्रोलमा १३ रुपैयाँ २७ पैसा, डिजेलमा ९ रुपैयाँ ९४ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ८१ पैसा र एल्पी ग्यासमा प्रतिसिलिन्डर १३६ रुपैयाँ ६० पैसा अझै पनि नेपालमा सस्तो पर्ने सचिव मरासिनीले बताए ।

स्वचालित मूल्य प्रणालीमा जाँदा मूल्यै आफैँ घटबढ हुने भएकाले आगामी दिनमा बोर्डको कुनै पनि संलग्नता नरहने पनि सचिव मरासिनीले स्पष्ट पारे ।

361374792_287092020657337_2926617232331053691_n1689513416.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro