site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको लुंग्री गाउँपालिका–५, काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro