site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झांगिदै भ्रष्टाचार : अख्तियारमा एक वर्षमा परे २० हजारभन्दा बढी उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो एक वर्षमा छानबिनको माग गर्दै २० हजार २२० वटा उजुरी परेका छन् । 

अख्तियारका अनुसार २०७९ साउन १ गतदेखि २०८० असार ३० गतेसम्म (आर्थिक वर्ष २०७९/०८०) मा उक्त संख्यामा उजुरी परेका हुन् । 

अख्तियारको तथ्यांकअनुसार छानबिनका लागि उजुरी सबैभन्दा बढी आर्थिक वर्षको अन्तिम तीन महिनामा परेका छन् । 

चालु आर्थिक वर्षको अन्तिम तीन महिना वैशाख, जेठ र असारमा परेका उजुरी कुल संख्याको ३४.४४ प्रतिशत छ । सबैभन्दा बढी उजुरी जेठ महिनामा दुई हजार ७४८ वटा परेका छन् । 

अख्तियारका अनुसार चालु आर्थिक वर्षको साउनमा दुई हजार ९०, भदौमा एक हजार ६९८, असोजमा एक हजार १५२, कात्तिकमा ९२९, मंसिरमा ९३८, पुसमा एक हजार ३३२ उजुरी गरेका छन् । 

त्यस्तै माघमा एक हजार ५३२, फागुनमा एक हजार ७१३, चैतमा एक हजार ८७१, वैशाखमा दुई हजार ७४, जेठमा दुई हजार ७४८ र असारमा दुई हजार १४३ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।  

तथ्यांकले साउनदेखि कात्तिकसम्म उजुरीको संख्या क्रमशः घट्दै र मंसिरबाट जेठसम्म क्रमशः बढ्दै गएको देखाएको छ । देशभर रहेका अख्तियारका ९ वटा कार्यालयमध्ये सबैभन्दा बढी उजुरी काठमाडौंस्थित कार्यालयमा परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro