site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरूले आफैँ निर्धारण गरे ब्याजदर : एनएमबि, प्राइम, नबिल र कुमारीले बढी ब्याज दिने

काठमाडौं । वाणिज्य बैंकहरूले आउँदो साउन महिनाका लागि ब्याजदर तोकेका छन् । असार मसान्तसम्म बैंकहरूले नेपाल बैंकर्स संघले गरेको सहमतिअनुसार ब्याजदर निर्धारण गरेका थिए । साउनदेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।

आधाभन्दा बढी बैंकहरूले आाफूले दिँदै आएको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाएका छन् ।

यो असारमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएका छन् । यसलाई बढाएर एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो ।

यस्तै, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले साउनदेखि मासिक १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंकले तीन महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिनेछ । 

साउनदेखि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ । यो बैंकले असारमा रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत दिँदै आएको ब्याजदर साउनदेखि बढाएर ११.४९ प्रतिशत पुर्‍याएको छ ।

कुमारी बैंकले पाँच वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक १०.०१ प्रतिशत ब्याज दिने जनाइएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक ८.९५ प्रतिशत ब्याज दिने जनाइएको छ ।

तरलता कम हुन थालेसँगै नेपाल बैंकर्स संघले बैंकहरूबीचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो । सोपश्चात् जेठसम्म बैंकर्स संघकै निर्णयमा बैंकहरूले ब्याजदर तोक्दै आएका थिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro