site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा बाढीपहिरो : ३३ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

सोल । दक्षिण कोरियामा गएको साताको भारी वर्षा र बाढीपहिरोमा परी ३३ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गएको साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा १० जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ । मध्य सहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गए राति सात शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ सहरका सात हजार ८६६ जना विस्थापित भएका छन् । सडक भत्किएका छन् । सवारीसाधन बगेका छन् । जताततै बाढीको विनाश मात्र दृष्टिगोचर हुन्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro