site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा बाढीपहिरो : २२ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

सियोल । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । वर्षाले व्यापक बाढी र पहिरो निम्त्याएको छ ।

भारी वर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षापछि बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन् ।

बाढीमा परी मृत्यु हुने १६ र बेपत्ता नौजनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् ।

योन्हाप समाचार संस्थालाई एक आपत्कालीन उद्धारकर्ताले बताएअनुसार अतिप्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए ।

गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका ६ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

उत्तरी ग्योङसाङ प्रान्तमा बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको मन्त्रालयले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro